मान्छे र नियती
देशको लागि केही बोल्दालाठी खाए मैले
मन्त्री बन्दा घुस दिदा
आटी खाए मैले
हाकिमको बढुवा पनि
ढाटी खाए मैले
मन्दिराको खसी बोका
काटी खाए मैले
सरकारी काम गफै गफले
छाटी खाए मैले
देशको लागि केही लेख्दा
डाठी खाए मैले
सौजन्यको उधोग धन्दा
साटी खाए मैले
आँफै थुक थुके पनि
चाटी खाए मैले ।
By :- Prem Oli
No comments:
Post a Comment